अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह

काठमाडौँ, १७ असोज/ अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह भएकी छन् । सिंह अखिल क्रान्तिकारीको इतिहासमा अध्यक्ष हुने उनी पहिलो महिला हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहलाई बनाउने निर्णय गरेको निवर्तमान अध्यक्ष रञ्जित तामाङले जानकारी दिए । अन्य पदाधिकारी भने टुंगिन बाँकी रहेको उनले बताए ।
क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार थिए । नेतृत्व चयन हुन नसकेपछि अखिल क्रान्तिकारीले अध्यक्ष चयनको जिम्मा पार्टी अध्यक्ष दाहाललाई दिएको थियो ।

आइतबार, १७ असोज, २०७८, साँझको ०५:१४ बजे

सम्बन्धित खवर