जिल्ला प्रशासन कार्यालय मकवानपुरले तिहारको समयमा राति ८ बजेसम्म मात्र देउसी भैलो खेल्ने पाइने जनाएको छ।

मंगलबार एक सूचना जारी गर्दै प्रशासन कार्यालयले राति ८ बजेसम्म मात्रै देउसी भैलो खेल्न सर्वसाधरणलाई आग्रह गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालद्वारा हस्ताक्षरित सूचनामा कोभिड–१९ को संक्रमितहरुको संख्या घटेको देखिए पनि संक्रमणको जोखिम कायमै रहेकोले तिहार तथा छठ पर्वहरुमा जनस्वास्थयका मापदण्डको पालना गरी चाडपर्व मनाउँन आग्रह गरिएको छ।

चाडपर्वको बहानामा कुनै पनि खालका पटका, भूँइचम्पा तथा आतिशवाजी नगर्न पनि आग्रह गरिएको छ। पटकाजन्य पदार्थको ओसार–पसार, बिक्री वितरण तथा प्रयोगमा बन्देज गरिएकाले त्यस्ता गतिविधि नगर्न नगराउँन निर्देशन गरिएको र गरेको पाइएमा कानुन बम्मोजिम कारबाही हुने पनि प्रशासनले चेतावनी दिएको छ।

Facebook Comments Box