दमक / यसअघिका निर्वाचनहरुमा उम्मेदवारको घोषणापत्रमा हुने गरेको मुख्य नारा यो पटकको चुनावमा जनताले नै उठाइदिएका छन् । सबैजसो दलहरुले मुख्य नारा बनाएर भोट माग्ने गरेको दमकभित्र स्थायी दाहस्थलको नारा दमकबासी जनताले उठाइदिएपछि यो पटक दलका उम्मेदवारहरु अप्ठ्यारोमा परेका छन् । यो विषय जनताबाट उठेपछि दोहोर्याएर निर्वाचनमा भाग लिएका उम्मेदवार भने जवाफविहिन बनेका छन् भने नयाँ अनुहारका उम्मेदवारलाई भने यो नारा मसला बनेको छ ।
झापाको दमक १० मा ब्यबस्थित शवदाह स्थल नहुदा शवको ब्यबस्थापनमा समस्या हुनेगरेको स्थानीयवासीले गुनासो गरेका छन । दमक १० का स्थानीयवासीहरुले आफ्नो वडावासीको मृतु पछिको अन्तिम सस्कार रतुवा र मावा नदिमा गर्दै आएका छन । तर यी दुबै नदिमा शव दाहगर्न अहिले सम्म एउटा पनि शवदाह स्थल (घाट) निर्माण गरिएको छैन । जसका कारण यो वडामा कसैको देहवास भइहाले निकै चुनौतीको सामना गरेर शवको ब्यब्थापन गर्नुपर्ने बाध्य्ता रहेको दमक १० सेतुमारीका सुरेश धिमाले गुनासो गरेका छन । यस वडाका रतुवा र मावा नदिमा बिगत केही बर्स अघिदेखिनै ब्यबस्थित शव दाह स्थल (घाट ) निर्माण गर्ने बहस चलेको भए पनि ब्याबहारमा अझै लागू हुन नसकेको धिमालले गरे ।
मानिसको देहवास जतिबेला पनि हुन सक्छ र यसको अन्तिम बिकल्प भने दाहसस्कार नै हो । तर १० नम्बर वडामा प्रशस्त पानीको स्रोत भएका नदिहरु हुदा हुदैपनी अहिले सम्म यसै वडामा घाट निर्माण हुन सकेको छैन ।
हुनत यो समस्या दमक १० को मात्र हैन । अहिले सिङो दमकले नै यो समस्याको सामना गरिरहेको छ । दमक झापाको दोस्रो पुरानो नगरपालिका पनि हो । २०३९ सालमा दमक गाउँ पन्चायत बाट नगर पन्चायतमा स्तरोउन्नती भएको थियो । दमकमा १ लाख बडि जनसंख्या रहेको छ । दमक नगरपालिका भएको यतिका समय बितिसक्दा पनि यस नगरमै एउटा पनि शव दाहस्थल छैन भन्दा आफैमा हासोको विषय बनेको छ ।
मानिसको जन्म र मृत्यु नियमित प्रकृया हो । मानिसको मृत्यु पछि गरिने अन्तिम सस्कार आआफनै रीतिरिवाज अनुसार फरक फरक किसिमबाट हुने गर्द्छ ।
मानिसको मृत्युपछी आआफनै धर्म सस्कार अनुसार सस्कारित गर्ने प्रचलन रहेको छ । बिशेष गरेर हिन्दु धर्म मान्ने यो समुदायका मानिसको मृतु पछि पबित्र नदिमा लगेर अन्तिम दाह सस्कार गर्ने प्रचलन रहिआएको छ ।

Facebook Comments Box