छठ पुजामा मुस्लिम समुदायको सक्रियता, पानी बाँड्न भ्याई नभ्याई

शनिवार छठको मुख्य दिन अस्ताउँदो सुर्यलाई पुजा गर्ने हरुको निक्कै भिड थियो । केशलिया, सिँघिया खोला तथा नहरहरुमा पुजा गर्न जानेहरुरुको भिड थियो । त्यही भिडका बिचमा थिए, मुस्लिम समुदायका मानिसहरु पनि । उनीहरु पुजागर्न आउने भक्तजनहरुलाइ पानि बितरण गर्न भ्याई नभ्याई थिए । हिजो विराटनगर–६ मा रहेको छठ घाटमा अस्ताउँदो सुर्यलाई अघ्र्य दिन आउनेहरुको सेवामा मुस्लिम समुदाय देखिएका हुन् । उनीहरुले निःशुल्क पानी वितरण गरेर सहयोग गरेका हुन् ।
नेपाल मुस्लिम युथ कमिटी, कौमी एकता मञ्चको संयुक्त आयोजनामा पानी र कफी वितरण गरिएको मुस्लिम अगुवा जफर अहमद जमालीले जानकारी दिनुभयो । भाइचारा, एकता र सद्भावको पर्वको रुपमा लिईएको छठलाई पछिल्ला बर्षहरुमा सबै क्षेत्र, धर्म, बर्गका ब्यक्तिले अपनत्व लिन थालेका छन् । साझा पर्बको रुपमा लिईदै गएको छठलाई समाजमा एक अर्का धर्मप्रति सम्मान र विविध धार्मिक सहिष्णुता संगै सामाजिक सद्भाव कायम गर्ने पर्वको रुपमा लिन थालीएको छ ।

आइतबार, १७ कार्तिक, २०७६, बिहानको ०९:१६ बजे

सम्बन्धित खवर