पुलीसद्धारा झापा ११ पराजित – खेल अबधिभरमा ७ पंहेलो कार्ड

बिर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्रा्ष्ट्रिय गोल्डकप प्रतियोगीताको आजको खेलमा नेपाल पुलिस क्लबले घरेलु टोली झापा ११ लाइ २ का बिरुद्ध १ गोलले पराजित गरेको छ । घरेलु दर्शकको समर्थन पाएको झापा ११ एफसीमाथि शानदार जीत दर्ता गर्दै पुलिसले क्वाटरफाइनल खेलमा प्रवेश गरेको छ ।प्रतिस्पर्धात्मक खेलमा पुलिसले क्वाटरफाइनलको यात्रा तय गरेको हो । पुलिसका लागि सुमन लामा र सौजन याख्खाले एक एक गोल गरे भने झापा ११ तर्फबाट कप्तान योगेश गुरुङले दास्रो हापको २९ औँ मिनेटमा एक गोल फर्काएका थिए । खेलको पहिलो हापमा पुलिसले घरेलु टोलीलाइ निक्कै दबाबमा राखेको थियो । खेलको दोस्रो हापमा झापा ११ लयमा फर्केसंगै दुवैपक्ष बिच कडा प्रतिष्पर्धा भएको थियो तर झापा ११ ले आफ्नो पक्षमा नतिजा निकाल्न भने सकेन । निकै कडा प्रतिस्पर्धा भएको खेलमा ७ वटा पहेँलो कार्ड देखाइएको थियो । ७ मध्ये पुलिसको भागमा ५ र झापा ११ को भागमा २ वटा कार्ड बुक भएको छ ।

सौजन याख्खा घोषित खेलको म्यान अफ दी म्याच घोषित हुंदै रु १० हजार नगद सहित सम्मानित भए । भोलीको खेल प्रदेश लीगको रनर अप टिम बेलवारी फुटवल क्लब र सिक्कीम आक्रामक बिच हुने आयोजकले जनाएको छ ।

आइतबार, १७ कार्तिक, २०७६, साँझको ०६:५० बजे

सम्बन्धित खवर