बाग्लुङ दुर्घटनामा, मृत्यु हुनेमध्ये ४ जनाको सनाखत हुन बाँकी

बाग्लुङको बडिगाडमा गाडी दुर्घट्ना हुँदा १४ जनाको मृत्यु भएको छ मृत्यु भएका मध्ये चारजनाको अझै सनादत हुन सकेको छैन । गुल्मीको तम्घासबाट बाग्लुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जना घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो । जीप मध्यपहाडी लोकमार्गबाट बडिगाड खोलामा खसेको छ । दुर्घटनामा गुल्मीका नौं महिला, चार पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा गुल्मी इश्मा गाउँपालिका–५ का २५ वर्षीय रेशम थापा, माया थापा, ४० वर्षीया वसुन्धरा कार्की, इश्मा–४ की ४० वर्षीया सिता कार्की, ६५ वर्षकी भवि कार्की, ४५ वर्षकी भूमि कार्की, २५ वर्षकी मिना बस्नेत, ६५ वर्षीय धनबहादुर कार्की, नवलपरासी बर्दघाट नगरपालिका १ बस्ने ६० वर्षीय भुमा कार्की, बागलुङ बडिगाड गाउँपालिका ७ का ५५ वर्षीया नरमाया खत्री रहेका छन् । अन्यको सनाखत हुन सकेको छैन । तीन जना गम्भीर घाइतेलाई उद्धार गरी उपचारको लागि बुर्तिवाङ पठाईएको छ ।

समाचार दैनिकबाट

मङ्गलबार, १७ मंसिर, २०७६, दिउँसोको ०४:२९ बजे

सम्बन्धित खवर