शिखा सहकारीद्वारा एक सय किलो चामल सहितको खाद्य सामाग्री सहयोग

दमक /  दमक ६ स्थित शिखा बचत तथा ऋण सहकारी संस्था लिमिटेड दमकले दमक नगरपालिकाको कोरोना राहत कोषमा १०० किलो चामल सहित दाल, खने तेल,साबुन सहितको राहत सामाग्री प्रदान गरेकोे छ । सहकारीले उक्त राहत सामाग्री दमक नगरपालिकाको राहत कोषमा जम्मा गरेकोे छ । सो राहात हिजो दमक नगरपालिका प्रमुख रोम नाथ ओली र उपप्रमुख गिता अधिकारी मार्फत राहत कोषमा जम्मा गरिएको शिखा बचत तथा ऋण सहकारीका व्यवस्थापक नविन भट्टराईले जानकारी दिए। संकटको बेला सबैले सकेको सहयोग गर्नु नै उपयुक्त हुने भन्दै सहकारीका ब्यबस्थपक भट्टराईले  सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको तर्फबाट सानो सहयोग गरिएको बताए । यो संकटको बेला कोही पनि भोको हुन नपरोस भन्ने ऊदेश्यले सहयोग गरिएको शिखाले जनाएको छ ।
शिखाले दमक नगरपलिकाको राहात कोषमा एक सय किलो चामल सहित २५ किलो दाल्, १० लिटर खाने तेल्, २० किलो नुन र २ कार्टन साबुन सहितको राहत सामाग्री जम्मा गरेकोे नगरपालिका द्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
विश्वब्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण नेपालमा पनि त्यसको प्रभाव परेको छ । हाल सम्म नेपालमा छ जना संक्रमीत फेला परिसकेका छन । एसलाई मध्य नजर गर्दै नेपालले गत चैत्र ११ गतेदेखि मुलुक लक डाउन गरेकोे छ ।

शनिबार, २२ चैत, २०७६, बिहानको ०८:२१ बजे

सम्बन्धित खवर