बिषालु सब्जी खाएर नेम्बाङको निधन

२१ जेष्ठ, पाँचथर / फाल्गुनन्द गाउँपालिका वडा नम्बर ४ चिलिङदेन (साविक हेलाङ-७) निवासी ६७ वर्षिय लक्ष्मी नेम्बाङको शुक्रबार निधन भएको छ ।

गत हप्ता आफ्नै घरमा अनजानमा बिषालु सब्जी खाएर बिरामी भए लगत्तै विर्तामोडको विएण्डसी हस्पिटलमा उपचारको लागि भर्ना गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि विराटनगरमा रेफर गरिएका उनको उपचारकै क्रममा शुक्रबार मध्यरात २ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । शवलाई आजै पाँचथर ल्याउँदै गरेको मृतकका माइला छोरा लोकेन नेम्वाङले जानकारी दिए ।

गत हप्ता एकै परिवारका घरमुली नेम्बाङ सहित सात जनाले बिषालु सब्जी खाएर बेहोस हुने,बर्बराउने र वाकवाकी लाग्ने जस्ता समस्या देखिएपछि अस्पताल पठाइएको
थियोे । अन्य छ जनाको उपचारपछि निको भएर घर आइपुगेको बताइएको छ ।

शुक्रबार, २१ जेठ, २०७८, बिहानको ०८:३० बजे

सम्बन्धित खवर