विपन्न लाई राहत वितरणमा जुट्न थाले माओवादी केन्द्र झापाका नगर समिती

बैकल्पिक खवर

झापाका विभिन्न ठाउँमा कोरोना माहामारीले प्रभावित भएका अति बिपन्न परिवारको लागी राहत वितरणको पहल सुरु भएको छ । नेकपा माओवाद केन्द्र जिल्ला समिती अन्तर्गत बिर्तामोड नगर समिती र भद्रपुर नगर समितीको पहलमा बिर्तामोड र भद्रपुरका बिपन्न परिवार हरुलाई सहयोग पुर्याउने उदेश्यले सो पहल सुरु भएको हो। सक्नेले दिएर जाँउ नसक्नेले लिएर जाँउ नाम दिएको सो राहत वितरण अभियान पहिला बिर्तामोड र त्यसपछि भद्रपुर बाट सुरु भएको हो।                                                   

नेकपा माओवादी केन्द्र बिर्तामोड नगर समितीले गत सोमबारदेखि देखि नगर भित्रका अति बिपन्न परिवारलाई राहत स्वरुप दाल , चामल , तेल , नुन यातायातको खाद्यान्न सामग्री बितरण सुरु गरेको छ । अहिलेसम्म नगरभित्रका करिब एक सय  परिवार लाई सहयोग पुर्याइएको पार्टीका नगर इन्चार्ज युवराज दाहालले जानकारी दिए । पार्टीका विभिन्न तहका नेता कार्यकर्ता , सहयोगी एवं सुभचिन्तक हरु बाट प्राप्त भएको सहयोग लाई जिल्ला पार्टी कार्यलय बिर्तामोड बाट वितरणको ब्यबस्था मिलाइएको दाहालले बताए।

सरकारले तोकेको स्वास्थ मापदण्ड लाई पालना गरी राहत वितरण लाई अघि बढाइएको उनले बताए। यो अभियान लकडाउन भरी निरन्तर रहने माओवादी बिर्तामोड नगर समितीले जनाएको छ । अभियानको नियमित समय बिहान ७ बजे देखि १० बजे सम्म हुनेछ साथै त्यहाँ सम्म उपस्थित हुन नसक्नेका लागि सम्बन्धित परिवारको निवासमै पुगेर राहत प्रदान गर्ने ब्यबस्था मिलाइएको जनाइएको छ ।                                                             

यसैबिच नेकपा माओवादी भद्रपुर नगर समितीले पनि राहात वितरण अभियान सुरु गरेको छ । नगरभित्र का विपन्न परिवार , दैनिक ज्यालादारी गर्ने मजदुर , लगायत लाई सकेको सहयोग गर्ने उदेश्यले अभियान सुरु गरिएको माओवादीका युवा नेता नरेश सन्जेलले जानकारी दिए । बुधबारदेखि सुरु भएको यो अभियान निरन्तर जारी रहने सन्जेलले बताए ।

शुक्रबार, २१ जेठ, २०७८, दिउँसोको ०३:३५ बजे

सम्बन्धित खवर