संक्रमितभन्दा निको हुने २ हजारबढी, १०१ जनाको मृत्यु

काठमाडौं / देशभर ६ हजार ६ सय ५३ जना कोरोना संक्रमित थपिएका छन्।

गत २४ घण्टामा १४ हजार १ सय ८२ जनाको पिसिआर परीक्षण गर्दा ४ हजार ६ सय २४ र ६ हजार ६ सय ३१ जनाको एन्टिजेन परीक्षण गर्दा २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो ।

याे अवधिमा थपिएका संक्रमित भन्दा २ हजार बढी ८ हजार ६ सय ६३ जना संक्रमणमुक्त भएका छन्।

संक्रमणमुक्त हुने बढेसँगै सक्रिय संक्रमितको संख्या एक लाखबाट तल झरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सक्रिय संक्रमित ९७ हजार ६ सय ९९ रहेको छ।

जसमध्ये ९० हजार ८ सय ९७ जना होम आइसोलेसन र ६ हजार ८ सय ७ जना संस्थागत आइसोलेसनमा रहेका छन्। अहिले १४ सय २२ जनाको आइसियु र ४ सय ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

उपत्यकामा थप १३ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडाैंमा ८ सय ९७, ललितपुरमा २ सय ९९ र भक्तपुरमा १ सय ८८ जना थपिएका हुन्।

गत २४ घण्टामा १ सय १ जनाको मृत्यु भएको छ। योसँगै मृतकको कूल संख्या ७ हजार ७ सय ३१ पुगेको छ।

शुक्रबार, २१ जेठ, २०७८, साँझको ०५:११ बजे

सम्बन्धित खवर