जसपाबाट निष्कासनमा परेकालाई मन्त्री बनाउदै ओली

२१ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट निष्कासनमा परेका महन्थ ठाकुर पक्ष सरकारमा गएको भएको छ । उनिहरुलाई प्रधानमन्त्री केपि शर्मा ओलिले कम महत्त्वका मन्त्रालय दिएर सरकारमा सामेल गराएका हुन। अहिले बेलुका ८ बजे उनीहरुका लागि रास्ट्रपति कार्यलय सितलनिवासमा सफथ ग्रहण राखिएको छ।

जसपा स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागिएको हो । महतो उपप्रधान तथा शहरी विकास मन्त्री हुनेछन् ।

मन्त्री बन्नेमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, एकवाल मियाँ, विमल श्रीवास्तव, उमाशंकर अरगरिया र रेणुका गुरुङ, चन्द्रकान्त चौधरी रहेका छन् । उनीहरुले कुन-कुन मन्त्रालय पाए भन्ने जानकारी शपथग्रहणको समयमा गराउने कर्णले बताए ।
राजेन्द्र महतो, उपप्रधानमन्त्री तथा सहरी विकास, शरद सिंह भण्डारी, ऊर्जा तथा जलस्रोत, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था तथा सहकारी, बिमल श्रीवास्तव, श्रम तथा रोजगार, उमाशंकर अरगरिया, वन तथा वातावरण चन्दा चौधरी, महिला तथा बालबालिका, एकवाल मियाँ, युवा तथा खेलकूद, चन्द्रकान्त चौधरी, ऊर्जा राज्यमन्त्री, रेणुका गुरुङ महिला बालबालिका राज्यमन्त्रीमा सपथ लिँदैछन् । जसपाले भने पार्टीको निर्वाचन बिपरित सरकारमा गए , संवत् पार्टीबाट निष्काशीत हुने निर्णय गरेको छ ।

शुक्रबार, २१ जेठ, २०७८, साँझको ०५:२७ बजे

सम्बन्धित खवर