मोरङ साकोस र देउराली महिला बीच एकिकर, ३० करोडको वासलात

बैकल्पिक खवर

मोरङका दुई सहकारी संस्थाबीच एकिरण भएको छ । लेटाङमा रहेका मोरङ बचत तथा ऋण सहकारी संस्था र देउराली महिला बचत तथा ऋण सहकारी संस्थाबीच एकिकरण भएको हो । प्रदेश नं। १ सहकारी रजिष्ट्रार बलराम निरौलाले संस्था एकिकरणको प्रमाणपत्र संस्थाका अध्यक्ष निलकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।                   

दुवै संस्थाको एकिकरणपश्चात संस्थाको नाम मोरङ साकोस नै रहने बताइएको छ । एकिकरणको प्रमाणपत्र बुझ्न अध्यक्ष श्रेष्ठ सहित कोषाध्यक्ष बाल कुमारी लिम्बु र ब्यवस्थापक निरज शाक्य तथा देउराली महिला साकोसको तर्फबाट अध्यक्ष मन्दिरा कोइराला वस्ती र सचिव विद्या लामिछाने भट्टराई प्रदेश कार्यालय पुगेका थिए ।

सहकारी ऐनले एकै प्रकृतिका एउटै वा जोडिएको कार्यक्षेत्र भएका संस्थाहरुबीच एकिकरण गर्न प्रोत्साहन दिएको र सोही अनुरुप दुई संस्थाबीच एकिकरण भएको व्यवस्थापक निरज शाक्यले बताए । त्यसैगरी ऐनमा एक व्यक्ति एक सहकारीको अवधारणा रहेको र एकिकरकणले अस्वस्थ प्रतिस्पर्धालाई निरुत्साहित गरी गुणस्तरीय र आधुनिक सेवा सदस्यलाई दिन टेवा पुग्ने हुँदा एकिकरण आफैमा राम्रो भएको उनले जनाए ।

एकिकरणपछि संस्थाको शेयरपुँजी ३ करोड ८ लाख, जगेडा तथा अन्य कोषमा २ करोड ८६ लाख, बचत २४ करोड ९ लाख र ऋण लगानी २० करोड ५० लाख गरी कुल वासलात ३० करोड ३० लाख पुगेको छ । एकिकरणपश्चात् संस्थाको कार्यक्षेत्र मोरङ जिल्ला भर भएको र अब सेवा केन्द्र विस्तार गर्नेतर्फ आफुहरु लाग्ने व्यस्थापक शाक्यले बताए ।- letangkhabar बाट

आइतबार, २० असार, २०७८, बिहानको ०६:३४ बजे

सम्बन्धित खवर