शिल्पा अभिनित ‘हंगामा २’ को ट्रेलर सार्वजनिक

बैकल्पिक खवर

अभिनेता परेश रावल अभिनित कमेडी फिल्म ‘हंगामा २’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्म हंगालमा रिलिज भएको करिव १८ वर्षपछि सिक्वेल निर्माण भएको हो । फिल्मको ट्रेलरमा परेश रावल, शिल्पा शेट्टी लगायत कलाकारको मुख्य भुमिका रहेको देख्न सकिन्छ ।

फिल्मको ट्रेलरलाई दर्शकले निकै मन पराएका छन् । कमेन्टकर्ताले फिल्म कहिले चल्र्छ भन्ने खाल्का कुराहरु लेखिएको पाइन्छ । फिल्मलाई प्रियदर्शनले निर्देशन गरेका छन् भने फिल्म आगामी २३ जुलाई २०२१ मा डिज्नी प्लस हटस्टारमा रिलिज हुदैछ । जसका लागि अहिले फिल्मकर्मी प्रचार प्रसारमा समेत लागेका छन् । फिल्ममा परेश , शिल्पाका अलाव आशुतोष राणा, मनोज जोशी, राजपाल यादव, जोनी लीवर, टीकू तल लगायतको पनि अभिनय रहेको छ ।

 

आइतबार, २० असार, २०७८, बिहानको ०६:५१ बजे

सम्बन्धित खवर