के छ विद्या बालनमा ?

अक्सर सिनेमामा हिरोइनको भूमिका यसकारण थपना गरिन्छ, जसले हिरोको चरित्रलाई सशक्त बनाउन सकियोस् । पुरुषको ‘हिरोइज्म’मा टेको लगाउन हिरोइन खडा गरिन्छ । हिरोइनलाई ग्ल्यामर छविमा पेस गरिन्छ, मानौं उनीहरु जतनसाथ राखिएका सजावटका सामग्री हुन् । उनीहरुलाई पहिर्‍याइदिने पहिरन, मेकअप र फ्रेममा देखाइने तरिकाबाट नै यो कुरा पुष्टि हुन्छ । फिल्म समीक्षक भन्छन्, विद्या बालनको यो भूमिका उनको पछिल्लो फिल्मभन्दा निकै भिन्न छ । यसमा उनी स्त्रीपरक भेदभाव र कार्यालयमा हुने पक्षपातको सामना गर्छिन् । विद्याले एक नयाँ झलक यस फिल्ममा देखाइन्

करिब दुई दशकको फिल्मी करियरमा विद्या बालनले केही महिला प्रधान फिल्म गरिन् र फिल्म उद्योगमा आफ्नो स्थान बनाइन् ।

फिल्म व्यापार विश्लेषक अतुल मोहन भन्छन्, ‘फिल्म उद्योग सधैंजसो पुरुष प्रधान रह्यो । तर, केही यस्ता अभिनेत्री छन् जसले आफ्नो अलग पहिचान बनाए । यसमा रेखा, हेमा मालिनी, वैजयन्तीमाला, श्रीदेवी, माधुरी दीक्षित जस्ता नाम सामेल छ । यिनीहरुको फिल्म जब प्रदर्शनमा आउँथ्यो, फिल्म हलहरु पूरा बुक हुन्थ्यो । यस्तै, मुकाम विद्या बालनले पनि बनाउने प्रयास गरेकी छिन् ।’

उनी भन्छन्, ‘परिणिता पछि कदम कदममा उनले राम्रो भूमिका निर्वाह गरिरहेकी छिन् । लगे रहो मुन्ना भाइ राजकुमार हिरानी र सञ्जय दत्तको फिल्म थियो । तर, त्यसमा विद्याको ‘गुड मर्निङ मुम्बई’ बोल्ने ढाँचा आज पनि मान्छेले रुचाउँछन् । नो वन किल्ड जेसिकामा उनले अपरम्परागत रुप अपनाए । गम्भीर सिनेमा भएर पनि यो हिट भयो ।

अतुल मोहन भन्छन कि आजको परिवेशमा यस्तो धारणा छ कि अभिनेत्री पातलो हुनुपर्छ । आधुनिक हुनुपर्छ । अंग्रेजी बोलचाल गर्ने हुनुपर्छ । तर, नूतनदेखि काजोलसम्मको जमानामा त्यस अभिनेत्री हाबी भए जो भारतीय देखिन्थे । विद्या बालन पनि सोही श्रेणीमा छिन् । विद्या बालन जब राम्रो कथाको हिस्सा बन्छिन्, तब उनलाई हेर्न दर्शक थिएटरमा जरुर जान्छन् । तुम्हारी सुलु यसैको उदाहरण हो ।

फिल्म इतिहासकार एसएमएम ओसजा भन्छन् कि विद्या बालन सोचविचार गर्ने अभिनेत्री हुन् । उनी स्क्रिप्ट हेरेर, सोच विचार गरेर फिल्ममा काम गर्छिन् । त्यही कारण उनको अभिनयमा निखार पनि देखिन्छ ।

आइतबार, २० असार, २०७८, बिहानको ०९:१९ बजे

सम्बन्धित खवर