थपिए चार हजार बढी संक्रमित, ३५ जनाको मृत्यु

झापा, २० साउन /  देशभर पछिल्लो समय थप चार हजार एक सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीका अनुसार बुधबार १६ हजार दुई सय ९८ जनामा कोरोना परीक्षण गरिएको थियो।

कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ। त्यस्तै एक हजार पाँच सय ३५ जना कोरोनामुक्त भएका छन्।

काठमाडौंमा ९ सय ८, भक्तपुरमा दुई सय ६ र ललितपुरमा एक सय ६५ गरी उपत्यकाभित्र कुल १२ सय ७९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ।

बुधबार, २० साउन, २०७८, साँझको ०५:३१ बजे

सम्बन्धित खवर