चीनले भन्यो: नेपालसँग सीमा विवाद छैन

काठमाडौँ, १९ भदौ / चीनले नेपालसँग कुनै सीमा विवाद नरहेको जनाएको छ । नेपालस्थित चिनियाँ दूतावासले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो ।

हुम्ला जिल्लास्थित चीनसँगको सीमा क्षेत्रमा विवादका समाचार आइरहँदा चिनियाँ दूतावासले यस्तो विज्ञप्ति जारी गरेको हो । “चीन र नेपालले सधैँ एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गरेका छन् । दुबै देशले १९६०को दशकमै आफ्नो सीमा मुद्दालाई मैत्रीपूर्ण परामर्शको माध्यमबाट समस्या समाधान गरेका छन्” विज्ञप्तिमा भनिएको छ ।

यस्तै दुई देशबीचको सीमा विवादमुक्त रहेको पनि विज्ञप्तिमा उल्लेख छ । यद्यपि केही व्यक्तिगत शक्तिहरुले यसअघि नै सीमा विवादलाई उचाल्न खोजेको तर नेपाल सरकारले यसबारे स्पष्ट पारिसकेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रिपरिषदको गत बुधबारको बैठकले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्सासम्म सीमा समस्या अध्ययन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा अध्ययन समिति बनाएको थियो । यसअघि केपी ओली नेतृत्वको सरकारले भने विज्ञप्ति जारी गर्दै चीनसँग कुनै सीमा विवाद नभएको जनाएको थियो ।

शनिबार, १९ भदौ, २०७८, बिहानको ०८:५९ बजे

सम्बन्धित खवर