इलाममा भ्रष्ट्रचार बढेको भन्दै भ्रष्टहरुलाई ठेगान लगाउने विप्लव माओवादीको चेतावनी

झापा, १९ भाद्र /  विप्लव माओवादीले इलाममा भ्रष्ट्रचार बढेको भन्दै भ्रष्टहरुलाई ठेगान लगाउने चेतावनी दिएको छ । जिल्लाका विभिन्न पालिकाहरूको बेरुजु रकमसहितको डाटा सार्वजनिक गर्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदनमा इलाममा रहेका स्थानिय पालिकाहरुमा भएको बेरुजु अनुसार सूर्योदय नगरपालिकामा रु ५१४३७००० , माइजोगमाइ गाउँपालिकामा रु २६०६७००० , रोङ गाउँपालिकामा रु ३७५२५०००, माइ नगरपालिका रु २५०२२०००,चुलाचुली गाउँपालिका रु १८४४६०००,इलाम नगरपालिकामा रु ४४३१००००, माङ्सेबुङ गाउँपालिकामा रु १४६५९०००,सन्दकपुर गाउँपालिकामा रु २१४६६००० , फाकफोकथुम गाउँपालिकामा रु ५६०६००००, देउमाइ नगरपालिकामा रु ३१४११००० गरी जम्मा– ३२ करोड ६४ लाख ३ हजार रुपैयां बेरुजु निस्किएको थियोे ।

नेकपाका जिल्ला इन्चार्ज सुमनसिंह र सचिव मौसमले प्रेस विज्ञप्ति जारी गर्दै भ्रष्टाचार, बेतिथी विरूद्व संघर्ष गर्ने र आम जनसमुदायलाई संघर्षमा संगठित आह्वान गरेका छन् । जनविरोधी र राष्ट्रघाती कू–तत्व विरुद्ध जनताले दृढतापूर्वक संघर्ष गर्ने विप्लव माओवादीले चेतावनी दिएको छ ।

यसैबीच नेपालमा भारतीय हस्तक्षेप बढेको भन्दै विप्लव माओवादीले देशको रक्षाका लागि जस्तो सुकै त्याग गर्नपनि तयार रहेको बताएको छ ।

नेपालको सिमा क्षेत्र भित्र भारतीय पक्षको हेलिकप्टर हवाइगस्ती, भारतीय विदेश मन्त्रालयका सचिबको नेपाल प्रतिको हेपाहा अभिव्यक्ति र जयसिंह धामी हत्या काण्डको बिरोध गदै विप्लव माओवादीले कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएको हो ।

नेपाल कम्युनिस्ट पार्टीका जनवर्गीय संगठन युवा संगठन नेपाल र अखिल क्रान्तिकारीले शनिबार इलाम प्रर्दशन गर्दै देशको रक्षाका लागि जस्तो सुकै त्याग गर्न पनि तयार रहेका बताएका छन् ।

प्रदर्शनमा बोल्दै युवा संगठन नेपाल इलामका संयोजक तथा पार्टीका इलाम नगर सेक्रेटरी मदन गजमेर बिद्रोहीले भारतीय पक्षको नेपाल माथिको अतिक्रमण उत्कर्षमा पुगेको हुनाले आंफुहरु यसका विरुद्ध जस्तो सुकै संघर्ष गर्न तयार रहेको बताए ।

नेपालका लेण्डुपहरुले रास्ट्रघात गर्दै वैदेशिक हस्तक्षेप र अतिक्रमणको मतियारि गरिरहेको हुनाले यस्ता गतिविधि गर्नेलाई युवाहरुले ठेगान लगाउने चेतावनी दिए । उनले एमसीसी पास गराउन सत्ताधारी तथा सत्ता मोहमा पल्केकाहरु लगेकाले एमसीसी पास गराए रास्ट्रघातीहरुको नामोनिसान मेटाइदिने चेतावनी दिए ।

¥यालीसहित कोणसभा परिणत भएको कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारी इलाम संयोजक बिनोद मगरले आंफुहरु राष्ट्रिय स्वाधिनता रक्षा र जनताको हितको निम्ति बलिदान गर्न तयार रहेको बताए ।

 

शनिबार, १९ भदौ, २०७८, रातीको ०९:३२ बजे

सम्बन्धित खवर