धिमाल समुदायको विकासमा नगरको चासो

  दमक/ दमकको प्रथम नागरिक धिमाल समुदायको बिकाशका लागी दमक नगरपालीकाको तर्फबाट आवस्यक सबै काम गर्न आफुहरु तयार गरेको दमक नगरका प्रमुख तथा उप प्रमुखले बताउनु भएको छ । प्रथम नागरिक धिमाल व्यवस्थापन समितिको आज दमकमा भएको दोस्रो अधिवेसन उद्घाटन कार्यक्रममा धिमाल अगुवाहरुले स्थानिय सरकारले आफुहरुलाई प्रथम नागरिक घोषणा गरे पनि आफुहरुको समुदायको बिकासका लागी कुनै काम नगरेको गुनासो गरेपछि कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख राम थापाले बिगतका नेतृत्वको दोस आफुहरुलाई नलगाउन आग्रह गर्नु भयो ।
धिमाल समुदायले उत्पादन गरेका परम्परागत पोषाक लगायतका उत्पादनलाई बजारी करण नगरपालीकाले गरिदिने उहाँले बताउनु भयो । यस अघि धिमाललाई प्रथम नागरिक घोषणा गरिए पनि त्यसको प्रमाण आफुहरु संग केहि नरहेको धिमाल अगुवाले गुनासो गरेपछि नगर प्रमुख थापाले तत्कालै ताम्रपत्रमा प्रथम नागरिक घोषणा गरिएको प्रमाणपत्र उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा दमक नगर उप प्रमुख रेगिना भट्टराईले धिमाल समुदायका ग्रामथानहरुमा रहेका सामुदायीक भवनहरुलाई शिप बिकाश केन्द्रको रुपमा बिकाश गरेर धिमाल नागरिकहरुलाई शिप प्रदान गर्न योजना ल्याउन आग्रह गर्नु भयो । त्यसको लागी नगरपालीकाले सहयोग गर्ने उहाँले बताउनु भयो । कार्यक्रममा सप्तरङ्गी एफ.एम. का प्रबन्ध निर्देशक तथा ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपालका प्रदेश १ अध्यक्ष गिरिराज भट्टराईले सबै समुदायको बिकाश भए मात्रै समुन्नत नेपाल बन्ने बताउनु भयो । समुदायको बिकाशका लागी स्थानिय सरकारले कार्यक्रम बनाएर समुदायलाई जोड्नु पर्नेमा उहाँले जोड दिनु भयो ।
प्रथम नागरिक धिमाल व्यवस्थापन समिति अध्यक्ष लोकबहादुर धिमालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा समितिका सह अध्यक्ष कृष्णबहादुर धिमाल, सल्लाहकार तेजबहादुर धिमाल लगायतले बोल्नु भएको थियो ।

आइतबार, १९ भदौ, २०७९, बिहानको ०६:५१ बजे

सम्बन्धित खवर