दमक १० मा वृक्षरोपण

दमक / दमक नगरपालिका वडा नम्बर १० को आयोजनामा खोला कटान रोक्ने उदेश्यले बृक्षरोपण गरिएको छ ।
कार्यक्रममा तीनसय भन्दा धेरै बिरुवा रोपिएका छन् । दमक १० को संगम चौक पूर्व रतुवा खोलाको किनारको खाली जमिनमा बृहत बृक्षारोपण गरिएको दमक १० का वडा अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए ।
बृक्षरोपण कार्यक्रमको सुभारम्भ गर्दै नगर प्रमुख राम थापाले दमकको सहरि क्षेत्रमा पनि अब प्रत्येकले घर अगाडी रुख रौप्न आग्रह गरिएको बताए । वातावरण स्वच्छ बनाउन र पर्यावरण जोगाउन पनि रुखको आवस्यकता रहेको भन्दै नगर प्रमुख थापाले खाली भएका सबै जमिनमा रुख रोप्न नगरबासीहरुलाई आग्रह गरेका छन् । त्यसैगरी कार्यक्रममा नगर उपप्रमुख रेगिना भट्टराईले रुख रोप्दा फल दिने खालका बिरुवालाई प्रथमिकता दिनुपर्ने बताइन् । पन्छि र अन्य जनावरका साथै मानिसहरुलाई पनि फल दिने खालका बिरुवाहरु रोप्न आग्रह गरिएको उनले बताइन् । बृक्षरोपण कार्यक्रममा नगरपालीकाले बिरुवाको व्यवस्थापन गरेको थियो । बाँसका साथै जामुन लगायत फल दिने बिभिन्न प्रकारका बिरुवा रोपिएको छ ।
वडा कार्यालयले अब हरेक हप्ता शनिबार रुख रोप्ने कार्यक्रमलाई निरन्तरता दिने वाडा अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।

आइतबार, १९ भदौ, २०७९, बिहानको ०७:१२ बजे

सम्बन्धित खवर