सामूहिक बलात्कार

इटहरी, १८असोज /  आइतबार साँझ इटहरी ८ भूर्कीमा इभिनिङ वाकमा निश्केकी एक महिलामाथि सामूहिक बलात्कार भएको छ । पीडित महिलालाई ६ जना युवाको समूहले लुटपाट गरि कटपिटगदै धानबारीमा लगेर सामूहिक बलात्कार भएको छ

सो घटना पछि पीडितले दिएकोको उजुरीको आधारमा प्रहरीले ५ जनालाई पक्राउ गरिसकेको छ भने एक जना अझै फरार रहेको जनाएको जनाएको छ।

पीडितले दिएको उजुरीमा सो घटनामा संलग्घन युवाहरुको समुहले २ तोला ४ आनाको सुनको सिक्री र साथमा रहेको नगद ३ हजार समेत लुटेरको पीडित महिलाको भनाई रहेको छ ।

पीडित महिलालाई समुहमा रहेका युवाहरुले नियन्त्रणमा लिएर सो घटना गराएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी अर्जुन केसीले जानकारी दिए ।

पीडितको अनुहारमा शरीरका विभिन्न भागमा कुटपिट गरेको निलडामहरु समेत देखिएको डिएपी केसीको भनाई छ । पक्राउ परेका मध्ये ४ जना १८ वर्ष मुनीका किशोर रहेको र १ जना २७ वर्षका युवा रहेको पनि उनले जानकारी दिए ।

पक्राउ परेका मध्ये(१६ का २७ वर्षीय सुनिल चौधरीलाई प्रहरीले सार्वजनिक गरेको छ भने बाँकी एक जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सोमबार, १८ असोज, २०७८, दिउँसोको ०२:३८ बजे

सम्बन्धित खवर