सिक्किमद्धारा बेलबारी ११ पराजित – भोली दूइ बिभागीय टाली भिड्ने

दमक झापाको विर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपअन्तर्गत आजको खेलमा सिक्कीम आक्रमक फुटबल क्लबले बेलबारी ११ लाइ पराजित पराजित गरेको छ । डोमालाल राजबंशी रगंशालामा आज दिउसो भएको खेलमा सिक्कमले वेलबारीलाइ २ का बिरुद्ध ३ गोलले हराएको हो । यो संगै सक्किीम आक्रामकले आफ्नो सेमिफाइनलको यात्रा तय गरेको छ । खेलमा सुरुवाति अग्रता बेलबारीले लिएको थियो तर हाल्फ टाइम भन्दा पछाडी उले यो अग्रतालाइ कायम राख्न नसक्दा उस्ले सिक्कीम ्संग हार बेर्होन पुग्यो । सिक्किमले सुरुआती अग्रता उल्टाउँदै जित निकालेको हो । बेलबारीका लागि किरण लिम्बूले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । उनले खेलको तेस्रो मिनेटमा गोल गर्दै पहिलो हाफभरि बेलबारीलाई १–० गोलको अग्रता बनाए । सिक्कीमलाई जिताउन हाल्फ टाइमछी रोहन राईले २ तथा करण राइले एक गोल गरे भने पराजित टोलीका लागि किरण लिम्बू र विक्रम सुब्बाले एक–एक गोल गरे ।

यस्तै खेलको ६७औं मिनेटमा बेलबारीका विक्रम सुब्बाले गोल गर्दै टोलीलाई बराबरीमा फर्काए । तर, खेलको ८५औं मिनेटमा सिक्किमका करण राईले गोल गर्दै टोलीलाई जिताए । यस गोलसँगै करण यस प्रतियोगिताको सर्वा्धिक गोलकर्ता बनेका छन् । अघिल्लो खेलमा ४ गोल गरेका करण बेलबारीविरद्ध गोल गर्दै सर्वा्धिक गोलकर्ता बनेका हुन् । भोलिको खेल दूइ बिभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल पुलिस क्लब विच हुने छ । देशकै बलिया मानिएका यि दुइ टाली विचको खेलमा कडा प्रतिष्र्पधा हुने देखिनछ ।

सोमबार, १८ कार्तिक, २०७६, साँझको ०६:११ बजे

सम्बन्धित खवर