‘क्याप्टेन’ युटुबमा रिलिज

१९ मङ्सिर, काठमाडौं / अभिनेता अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ युटुबमा रिलिज भएको छ ।

फिल्म करिब २ बर्ष अगाडि हलमा रिलिज भएको थियो । भूवन केसीको लगानीमा तयार भएको यो फिल्मलाई दिवाकर भट्टराइले निर्देशन गरेका हुन् ।

फिल्ममा अनमोल केसी, उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, प्रशान्त ताम्राकार लगायतका कलाकारको अभिनय छ ।

 

शुक्रबार, १९ मंसिर, २०७७, साँझको ०७:५६ बजे

सम्बन्धित खवर