लोकतन्त्रको रक्षाको निम्ति कलम तिखो पार्न पत्रकारलाई प्रचण्डको अपिल

काठमाडौं,१८ मंसीर / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले एमालेको चितवनमा सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनलाई पञ्चायतीकरणको संज्ञा दिँदै त्यसविरुद्ध अझ सजक र सक्रियताका साथ लागि पर्न पनि पार्टी निकट पत्रकारहरूलाई सचेत गराए । अध्यक्ष प्रचण्डले मुलुकमा अझै प्रतिगमनको खतरा टरिनसकेको उल्लेख गर्दै त्यस विरुद्ध कलम चलाउन पनि पत्रकारहरूलाई आग्रह गरे । उनले प्रतिगमनकारी र प्रतिक्रान्तिकारी शक्तिहरूले सत्तारुढ गठबन्धनलाई कमजोर पार्न सकिन्छ कि भनेर षडयन्त्र गरिरहेको बताउँदै पत्रकारहरुलाई लोकतन्त्रको रक्षाको निम्ति कलम तिखो पारेर बस्न अपिल गरेका छन् ।

सोही कार्यक्रममा अध्यक्ष  दाहालले दलहरूबीचको सहमतिबिना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद्ममा महाअभियोग प्रस्ताव नआउने बताएका छन् ।
शनिबार पार्टी निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजित चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रको क्रममा सत्ता साझेदार दलका नेता तथा माओवादी अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् । नेपाल वार एशोशियशनले दलहरुलाई प्रधान न्यायधिश विरुद्ध महाअभियोग लगाउने दवाव दिइरहेको बेला प्रचण्डले उक्त कुरा बताएका हुन ।
अध्यक्ष प्रचण्डले राजनीतिक दलहरूको सहमति र समझदारी नभई एमसीसीबारे संसद्ले निर्णय लिने अवस्था नरहेको पनि बताएका छन् ।
२८ गते न महाअभियोगको लागि हो न एमसिसिको लागि हो भन्दै नियमित हिउँदे अधिवेशन भएको पनि खुलासा गरेका छन् । प्रचण्डले यो हिउँदे अधिवेशन प्रतिनिधिसभाको महत्त्वको लागि महत्वपूर्ण रहेको बताए । राजनीतिक दलहरूको समझदारी बनाएर मात्र जबराको महाअभियोग र एमसीसीको लागि पनि राष्ट्रिय सहमति बनाएर समझदारीबाटै अगाडि बढ्ने प्रचण्डको जिकिर रहेको छ ।

शनिबार, १८ मंसिर, २०७८, साँझको ०६:५९ बजे

सम्बन्धित खवर