डिपिएल नेपालद्वारा बिर्तामोडमा पुस्तकालय संचालन

बैकल्पिक खवर

डिपिएल नेपालले बिर्तामोडमा पुस्तकालयको स्थापना गरेको छ । आज एक कार्यक्रमका बीच बिर्तामोड–१ मा रहेको क्षितिज नाट्य समूहको भवनमा पुस्ताकलयको सुरुवात तथा उद्घाटन गरिएको हो ।
प्रतिनिधिसभा सदस्य तथा माओवादी नेतृ धर्मशीला चापागाईं र संस्थाका संस्थापक अध्यक्ष भेषराज न्यौपानेले पुस्तकालयको उद्घाटन गरेका थिए ।                               

कार्यक्रममा सांसद चापागाईं, अध्यक्ष न्यौपाने, रोटरी क्लब अफ बिर्तामोड मिड टाउनका अध्यक्ष दिनेश पोखरेल, सामाजिक अभियान्ता युवराज दाहाल, डिपिएलका सन्दीप चापागाईंलगायतले शुभकामना व्यक्त गरेका थिए ।

डिपिएल बिर्तामोडका अध्यक्ष आशिष दाहालको अध्यक्षतामा भएको कार्यक्रममा डिपिएल नेसनल युथ बोर्डका अध्यक्ष विनोद उप्रेतीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेका थिए । पठन संस्कृतिको विकास गर्न पुस्ताकलयले भूमिका खेल्ने आयोजकले विश्वास लिएको छ ।

शनिबार, १८ मंसिर, २०७८, साँझको ०७:०३ बजे

सम्बन्धित खवर