ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुदाँ दुईको मृत्यु

ताप्लेजुङ, १८ मंसिर / ताप्लेजुङमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शुक्रबार अपरान्ह पौने ४ बजे ताप्लेजुङको सिरिजंगा गापा वडा नं ३ बोखिम स्थित भित्रि सडक खण्डमा गोलिया बोकेको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनका साथै अन्य दुई जना गम्भिर घाईते भएका ट्राफिक प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सोही ठाउँका २५ बर्षिय बसन्त लिम्बु र फुङलादिनका १५ बर्षिय समिर लिम्बु रहेका छन । बसन्तलाई तत्काल माउण्टेन एयरको हेलिकप्टरबाट उद्धार गरि धरानस्थित वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ल्याइएको थियो । लिम्बुको उपचारको क्रममा मृत्यु भएको हो भने समिरको तेल्लोक प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको जनाइएको छ । मे १ त ६८९३ नम्बरको ट्याक्टर अचानक अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा अमित लिम्बु र सुसन लिम्बु गम्भिर घाईते भएको जनाइएको छ ।

शनिबार, १८ मंसिर, २०७८, साँझको ०७:०४ बजे

सम्बन्धित खवर