राप्रपाको मतदान लम्बियो, रातिसम्म मतदान हुने

काठमाडौं, १८ मंसीर/ राष्ट्रिय प्रजातन्त्र पार्टीको मतदान प्रक्रिया लम्बिएको छ । शनिबार साँझ ७ बजेसम्म करिब ३१ सय मत खसेको निर्वाचन समितिका सदस्य श्याम शाहीले  जानकारी दिए । उनका अनुसार सबै मतदान सकिन अझै कम्तिमा पनि ६ घण्टा लाग्ने देखिएको छ । ‘मतदान प्रक्रिया चलिरहेको छ । यही गतिमा अघि बढे राति १ बजेसम्म सकिन्छ होला’, उनले भने ।
राप्रपाको नयाँ नेतृत्व चयनका लागि कुल मतदाता ४ हजार ४६९ रहेका छन् । यसअघि संख्या धेरै भएपनि दावी विरोधपछि निर्वाचन समितिले मतदानको अधिकार पाउने मतदाताको संख्या घटाएको थियो । राप्रपाको निर्वाचन प्रक्रियामा २६४ उम्मेदवार रहेका छन् भने नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन चुनावी दौडमा रहेका छन् ।

शनिबार, १८ मंसिर, २०७८, रातीको ०८:२४ बजे

सम्बन्धित खवर