समाजवादी पार्टी नै अब को बैकल्पीक शक्ति हो – सचिव पौडेल

समाजवादी पार्टी झापाका सचिव पुष्प पौडेलले समाजवादी पार्टी नै अब को बैकल्पीक शक्ति रहेको बताएका छन । आज बेलुका रेडियो बिराटद्वारा प्रसारित कार्यक्रम बिराट बिशेषमा पत्रकार कुमार थापा संगको क़ुरा कानीमा सचिव पौडेलले सो क़ुरा बताएका हुन । देशमा जातीय क्षेत्रीय, लैंगिक, बिभेद रहेको र त्यसको अन्त्यको मुद्दा समाजवादी पार्टीले बोकेको बताएका छन । त्यस्तै उनले नेपालमा रहेको सबै खाले बिबीधताको संरक्षण गर्दै समुन्नत नेपाल निर्माण समाजवादी पार्टीले नै गर्ने भएकाले पनि अब को बैकल्पीक शक्ति पनि समाजवादी पार्टी नै भएको बताएका छन। साथै जनता बाट प्रत्यक्ष निर्वाचित कार्यकारी रास्ट्रपति र पूर्ण समानुपातिक संसदिय प्रणाली नै अहिलेको उत्तम विकल्प रहेको बताउदै उनले अहिलेको प्रनीतिधिमूलक संसदीय लोकतन्त्रले मुलुकको उन्नति नहुने बताए ।
झापा जिल्लामा सामायोजन पछि कुनै समस्या नरहेको भन्दै पौडेलले नियतवस समस्या पार्ने कोसिस गरिएको भन्दै, त्यस्ता सडयंत्रहरू आफै पराजित हुने बताएका छन । यदि कसैको कुनै बिषयमा असन्तुष्टी भए आगामी मंसिर २१ गते जिल्लाको पहिलो बैठक बस्न ग़ैरहेको छ त्यही आफ्नो आएर राख्न आग्रह गरेका छन, उनले बाहिर हल्हा भएजस्तो समस्या नरहेको बताउदै जिल्लाकोपुनर्समायोजन सम्भब नरहेको बताएका छन ।

बुधबार, १८ मंसिर, २०७६, रातीको ०८:०० बजे

सम्बन्धित खवर