मेची नेत्रालयको सहयोगमा आँखा क्लिनिक संचालन

झापाको बुद्धशान्ति गाउँपालिकाको शान्तिनगर स्वास्थ्य चौकीमा आँखा क्लिनिक संचालनमा आएको छ । बुद्धशान्ति तथा आसपासका सर्वसाधारणलाई सेवा पु¥याउने उद्धेश्यले आँखा क्लिनिक सञ्चालनमा आएको हो ।

शान्तिनगर स्वास्थ्य चौकी बुद्धशान्तिमा प्रत्येक महिनाको दोस्रो र अन्तिम मंगलबार आँखा क्लिनिक सञ्चालन हुनेछ । बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखाको आयोजना र मेचीनेत्रालय काँकरभिट्टाको प्राविधिक सहयोगमा आँखा क्लिनिक सञ्चालन भएको हो ।

मंगलबार एक कार्यक्रको आयोजना गरी स्वास्थ्य क्लिनिकको उद्घाटन गरिएको छ । स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष तथा बुद्धशान्ति ५ का वडाध्यक्ष बासुदेव खतिवडाको सभापतित्व तथा बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलको प्रमुख आतिथ्यमा आँखा क्लिनिकको उद्घाटन गरिएको हो ।

कार्यक्रममा प्रमुअ अतिथि भुजेल, मेचीनेत्रालय काँकरभिट्टाका प्रमुख डा। सरदचन्द्र राईले मन्तव्य राखेका थिए । स्वास्थ्यकर्मी भरत खतिवडाले सञ्चालन गरेको कार्यक्रममा बुद्धशान्ति २ का वडाध्यक्ष दिलीप श्रेष्ठ, ३ का कमल उप्रेती, ४ का बुद्धिमान लिम्बु, ६ का शम्भु पौड्याल र ७ का मात्रृका पौड्याल, प्रमुख प्रशासकीय अधिकृत इन्द्र चापागाई तथा स्वास्थ्य शाखा बुद्धशान्तिका प्रमुख भोला अधिकारी लगायतको आतिथ्यता थियो

बुधबार, १८ मंसिर, २०७६, रातीको ०९:०७ बजे

सम्बन्धित खवर