महानगरद्वारा पहिलो चरणको राहत वितरण

दमक /  दैनिक ज्यालादारीमा काम गरेर जीविकोपार्जन गर्ने तथा गरिबीको रेखामुनि रहेका विपन्न वर्गका परिवारलाई विराटनगर महानगरपालिकाले खाद्यान्न सामाग्री वितरण थालेको छ ।

कोरोना भाईरसको फैलिँदो संक्रमण र बढ्दो जोखिमबाट जोगिन जारी गरिएको लकडाउनमा दुई छाक टार्न हम्मेहम्मे हुने परिवारका लागि महानगरपालिकाले खाद्यान्न वितरण गरेको हो ।

महानगरपालिकाले पहिलो चरणमा वडा नं। १ का १ हजार ४६, वडा नं। ३ का ३१७, वडा नं। ४ का १ हजार ३०९ र वडा नं। १० का ३७७ गरी कुल ३ हजार ४९ घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ । प्रत्येक वडा कार्यालयहरुबाट गरिएको लगत संकलन अनुसार विराटनगरमा कुल २५ हजार घरपरिवारले खाद्यान्न पाउने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताउनुभयो ।

प्रत्येक घरपरिवारलाई एउटा बोरामा १२ किलो चामल, १ किलो रहरको दाल, आधा किलो मसुरको दाल, २ किलो आलु, आधा लिटर तोरीको तेल र एउटा साबुन वितरण गरिएको छ । सोमबार भने विराटनगरका वडा नं। ५, ७, १६ र १९ लगायतका वडाहरुमा खाद्यान्न वितरण गर्ने कार्यक्रम रहेको महानगरपालिकाले जनाएको छ ।

हाम्रोमत बाट

आइतबार, २३ चैत, २०७६, रातीको ०८:०९ बजे

सम्बन्धित खवर