आफ्नो समूह अल्पमतमा परेपछि संयुक्त छलफलको प्रयासमा ठाकुर – महतो

बैकल्पिक खवर

काठमाडौं / आन्तरिक किचलोमा फसेको जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरूबीच संवाद गराउने  प्रयास सुरु भएको छ ।लुम्बिनी प्रकरण पछि अल्पमतमा परेको ठाकुर – महतो पक्षले बैठकका लागि पहल थालेको बुझिएको छ ।

लुम्बिनी प्रदेश सरकारको अबिस्वासको प्रस्तावको पक्षमा उभिएको बेला जसपाका एक नेताले पार्टी निर्णय बिपरित प्रदेश सभा सदश्यहरु लाई प्रयोग गरेर संकर पोख्रेलको मुख्यमन्त्री जोगाउन सहयोग गरेपछि शीर्ष नेताहरु बीच बोलाचाल नै बन्द थियो । जसरी पनि ओलि सरकारको पक्षमा बहुमत जुटाउन लागेको ठाकुर – महतोपक्षले अस्ति र हिजो हस्ताक्षर अभियान नै संचालन गरेको थियो । उक्त हस्ताक्षर अभियानमा बहुमत सदश्यले साथ नदिएपछि सो पक्ष शिर्ष तहका नेताहरु संग सयुक्त बैठक बस्ने तयारीमा लागेको हो ।केन्द्रिय कार्यकारिणी समितिका केही सदश्यहरुले नेताहरूबीच संवाद बढाएर बैठक बस्ने प्रयास थालेको जनाइएको छ ।

केन्द्रीय कार्यकारिणी समिति र संसदीय दलको बैठकका लागि प्रयास भइरहेको जसपाका एक केन्द्रीय कार्यकारिणी सदस्यले जानकारी दिए । ती सदस्यका अनुसार, अहिलेसम्म प्रगति भएको छैन तर २७ वैशाखमा पार्टीको पोजिसन प्रस्ट पार्न बैठक बस्नुपर्ने भन्दै प्रयास भइरहेको छ ।

शीर्ष नेताहरूलाई मनाउन दोस्रो तहका विभिन्न नेताहरू लागेका छन् । पार्टीलाई विभाजनतिर जान दिन नहुने मत पनि राख्दै आएका ती नेताहरूले शीर्ष तहकाे छलफल गराएर बैठक बसाउन सकिने वातावरण निर्माणको प्रयास थालेका छन ।

अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्ने पक्षमा उभिएपछि अर्का अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराई टाढिएका थिए । ठाकुर – महतो पक्षले आवस्यक परे भट्टराई र यादवलाई अनुशासनको कारबाही गरेरै भएपनि ओलि सरकारलाई समर्थ गर्ने गरि आफ्नो पक्षमा हस्ताक्षर संकलन अभियान नै चलाएको समाचारहरु विभिन्न मिडियामा आएका थिए । तर आफ्नो पक्षमा बहुमत पनि नआउने र संसदिय दलको नेतामा महन्थ ठाकुर र राजेन्द्र महतोले आ-आफ्नो प्रस्तुत गरेपछि ऊनीहरु पछि हटेको श्रोतले बतायो।

यादव र भट्टराई प्रधानमन्त्रीमा ओलीको विकल्प खोज्नुपर्ने लाइनमा छन् ।भट्टराई अहिले उपचाररत रहेका छन भने सत्ता परिवर्तनका गतिविधिमा यादव सक्रिय छन् । यादव माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका नेता माधव नेपाल पक्षसँग संवादमा छन् । तर, प्रधानमन्त्री ओली र अर्का अध्यक्ष ठाकुरसँग संवादमा नरहेका यादवले पार्टीको केन्द्रीय कार्यकारिणी समिति र संसदीय दलमा बहुमत जुटाएका छन् ।

पार्टी संरचनामा अल्पमतमा परेपछि ठाकुर पक्ष यादवसँग संवाद गर्न रुची राखिरहेको छ । ठाकुर पक्षले सांसद र कार्यकारिणी सदस्यलाई काठमाडौंं बोलाएर आफ्नो पक्षमा हस्ताक्षर गराएका थिए । अहिलेसम्म ३२ जना सांसदमध्ये १५ जना र ५१ जना कार्यकारिणी सदस्यमध्ये २२ जनाले मात्रै ठाकुरको पक्षमा हस्ताक्षर गरेका छन् ।

अहिलेकै अवस्था कायम रहने हो भने २७ वैशाखमा प्रधानमन्त्री ओलीलाई विश्वासको मतको पक्ष र विपक्षमा बाँडिएर जसपा विभाजित हुने सम्भावना छ । त्यसैले पनि जसपाको शीर्ष नेताहरूलाई संवाद गराएर केन्द्रीय कार्यकारिणी समिति र संसदीय दलको बैठक बोलाउने वातावरण निर्माणको प्रयास भइरहेको ती नेताले जानकारी दिए ।

बुधबार, २२ बैशाख, २०७८, दिउँसोको ०३:०९ बजे

सम्बन्धित खवर