चुरेको गिट्टी, वालुवा र ढुंगा निकासीको निर्णय फिर्ता लिन देउवाको आग्रह

काठमाडौं,जेठ २२/ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चुरेको गिट्टी, बालुवा र ढुंगा निकासीको निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।

शनिबार ट्वीटरमार्फत विश्व वातावरण दिवसमा शुभकामना सन्देश व्यक्त गर्दै देउवाले चुरे दोहनसम्बन्धी निर्णय फिर्ता लिन सरकारसँग माग गरे हुन् ।

पृथ्वीमा हरेक प्राणीले बाच्न पाउने अधिकार वातावरणको दिगो संरक्षणले मात्रै सुनिश्चित हुन्छ।हाम्राे वातावरण बचाउँन हरेकले पहल गरौ।

तर सरकार हाम्राे चुरेकाे गिट्टी,वालुवा र ढुंगा भारत निकासी गरेर वातावरणीय चक्र खलबलाउँदैछ।यस्ता निर्णय फिर्ता लिऊ।

वातावरण बचाउँन हरेकले पहल गर्नुपर्ने भन्दै सरकारले चुरेको गिट्टी, बालुवा र ढुंगा भारत निकासी गरेर वातावरणीय चक्र खलबल्याएको देउवाले बताए ,

पृथ्वीमा हरेक प्राणीले बाच्न पाउने अधिकार वातावरणको दिगो संरक्षणले मात्रै सुनिश्चि हुने देउवाको भनाइ छ।

शनिबार, २२ जेठ, २०७८, साँझको ०५:३८ बजे

सम्बन्धित खवर