झापामा असार मसान्तसम्म निषेधाज्ञा थप

झापा,असार २१/  झापामा असार मसान्तसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले आज एक सुचना जारी गरि निषेधाज्ञा थप भएको जनाएका हुन । जिल्लामा कोरोना संक्रमण घट्दो क्रममा रहेपनि संक्रमणको जोखिम रहिरहेकाले निषेधाज्ञा थप गरिएको प्रजिअ तिमिल्सिनाले बताए ।

निषेधाज्ञा अवधिभर खाद्यान्न, तरकारी, फलफुल, मासु, दूध डेरीसँगै पुस्तक पसल, इलेक्ट्रोनिक्स, लत्ताकपडा, घरायसी प्रयोग हुने सामानहरूका पसल ५ बजेसम्म खोल्न पाइने ब्यवस्था गरिएको थियो । मलखाद्य, बीउ बिजन, कुखुराको चल्ला, दाना पशुपंछीको आहारा बोक्ने सवारी साधन तोकिएको गन्तब्य बाहेकका स्थानमा रोक्न तथा अन्य मानिस राख्न नपाउने ब्यवस्था गरिएको छ ।

होटल तथा अधिकांश पसलहरु बेलुका ५ बजेसम्म खुल्ला गर्न पाइने भएपनि सार्वजनिक सवारीसाधन सञ्चालनमा भने अझै रोक लगाइएको छ । तर नीजि सवारीसाधन भने जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाइने बताइएको छ । हाट बजार, मेला, जात्रा, महोत्सव आदिमा लगाइएको निषेध पनि कायमै छ ।

सोमबार, २१ असार, २०७८, दिउँसोको ०३:३७ बजे

सम्बन्धित खवर