नेपाल पक्षको बैठक निष्कर्ष = एकताको प्रमुख बाधक अध्यक्ष केपी शर्मा ओली 

काठमाण्डौं,साउन २१/  नेकपा एमाले माधव नेपाल पक्षको बैठकले एकताको मुख्य बाधक अध्यक्ष केपी शर्मा ओली भएको निष्कर्ष निकालेको छ । लामो समयदेखि विवाद बढाउने गरेको भन्दै एकताको मिलनविन्दु खोज्ने बेलामा गालीगलोज गर्ने र एकता नचाहेका कारण समस्या बढेको निष्कर्षै निकालेको हो । बैठकमा ७० जना सांसद उपश्थित भएका थिए ।

नेकपा एमालेको माधवकुमार नेपाल पक्षले एकताको प्रमुख बाधक अध्यक्ष केपी शर्मा ओली भएको भन्दै उनले आफ्नो अभिव्यक्ति र कार्यशैलीलाई सच्याउनुपर्ने ठहर गरेको छ। नेपाल पक्षको केन्द्रीय समिति बैठकअघि बसेको स्थायी समिति बैठकले सो ठहर गर्दै आफ्नो तर्फबाट एकताका लागि अन्तिम समयसम्म पहल गर्ने निर्णय गरेको छ ।

बैठकपछि नेपाल पक्षीय स्थायी समिति सदस्य भीम आचार्यले बैठकले समसामयिक राजनीतिक र पार्टी एकताबारे एजेण्डा तयार गरेको भन्दै यसबारे केन्द्रीय समितिमा घनिभूत छलफल हुने बताए ।

उनले आफूहरु पार्टी एकताको सन्दर्भमा गम्भीर र संवेदनशील रहेको स्पष्ट पार्दै केन्द्रीय समिति बैठकमा पनि ढंगले छलफल र निर्णय लिइने बताए । तर पार्टी अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिले एकताको माहोल बिथोलिएको निष्कर्ष आफूहरुको रहेको उनको भनाइ छ ।

बिहिबार, २१ साउन, २०७८, दिउँसोको ०४:१७ बजे

सम्बन्धित खवर