लुम्बिनीका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि साउन २७ गते छलफल हुने

२१ साउन, काठमाडौं / लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि साउन २७ गते विशेष अधिवेशन बोलाइएको छ ।

प्रदेशसभा सचिवालयले बिहीबार एक सूचना जारी गरी प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते दिउँसो १ बजे विशेष अधिवेशन आह्वान गरेको जानकारी दिएका छन् ।
संविधानको धारा १८३ को उपधारा ३ बमोजिम शेरचनले विशेष अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले मगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बिहिबार, २१ साउन, २०७८, दिउँसोको ०४:२२ बजे

सम्बन्धित खवर