जसपा नगर समितिको कार्यालय उद्घाटन

  दमक / जनता समाजवादी पार्टी, (जसपा) दमक नगर समितिले एक कार्यक्रमबीच पाटी नगर समितिको कार्यालय उद्घाटन गरेको छ । दमक–८ ट्याक्सी स्टेण्ड नजिकै जसपा दमक नगर समितिको कार्यालय उद्घाटनमा आयोजि रक्तदानमा ३० प्रिन्ट रगत संकलन भएको छ । दमक रेडक्रस सोसाइटी उपशाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जसपा प्रदेश समितिका अध्यक्ष प्रविण चाम्लिङसहित जसपा प्रदेश नं १ सदस्य पदमकुमारी राई (लिम्बू), समाजवादी विद्यार्थी युनियनका उप–महासचिव दिनेश दंगाल, ट्रेड युनियन महासंघ केन्द्रीय सदस्य कुलबहादुर (अनिल), तामाङ, झापा जिल्ला अध्यक्ष मिलन योगी, जसपाबाट निर्वाचित दमक १० का वडा सदस्यद्वय भूमिका आचार्य र रेनुका दर्जी, दमक १० का जसपा वडा अध्यक्ष तोर्ण भट्टराईलगायत नेताहरुको सहभागिता रहेको जसपा दमक नगर अध्यक्ष खेम दाहालले जानकारी दिए ।

जसपा क्षेत्र नम्बर ५ (ख) का अध्यक्ष दिपक न्यौपानेले स्वागत गरेको कार्यक्रममा जसपा दमक सचिव सुनिल राईको सञ्चालन रहेको थियो । सोही अवसरमा जसपा दमक नगर समितिले रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो ।

पत्रकार मञ्च दमकका अध्यक्ष कमन देवान, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मनकुमार गदाल, समाजवादी शिक्षक संघका उप–महासचिव प्रकाश सुवेदीलगायत अधिकांश विद्यार्थीहरुले रक्तदान गरेका समाजवादी विद्यार्थी युनियन दमक क्याम्पस इकाई अध्यक्ष दिपक लिम्बूले बताए ।

शुक्रबार, २० साउन, २०७९, रातीको ०९:२२ बजे

सम्बन्धित खवर