‘ माछी मार्ने गीत’ लाई कनकाईमा प्रतिबन्ध, झापाभरी नै बन्देज गर्न माग

झापा,२० भाद्र /   झापाको कनकाई नगरपालिका १ ले ‘माछी मार्ने गीत’लाई प्रतिबन्ध लगाएको समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत झापाबासीले बधाइको आइरो लगाएका छन् । अधिकांश कमेण्टमा कनकाईमा मात्र नभएर झापाभरी नै बन्देज गर्न माग समेत गरेका छन् ।
‘माछी मार्न जाउँ न दाजै कालापानीमा‘ यो गीत बजाउँदै बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको पोखरीका माछा बेच्नकालागि ट्रक वा मिनी ट्रक झापाभर गुड्ने गर्छन् ।
धेरै मानिसका लागि ‘यो अति भो’ भन्ने लागेको थियो । बोलेका थिएनन् । कनकाई नगरपालिका १ ले ‘माछी मार्ने गीत’लाई प्रतिबन्ध लगाएपछि धेरैले मुख खोले ।
अब जिउँदो माछा बिक्री गर्नका लागि उक्त धुन बजाउँदै गुड्न कनकाई नगरपालिका १ मा भने प्रतिबन्ध लागेको छ । कनकाई १ नम्बर वार्डले आफ्नो वार्डभर त्यस्तो काम गर्न प्रतिबन्ध लगाएको जनाएको छ ।
आइतवारदेखि उक्त धुन बजाएर माछा विक्री गरेको पाइएमा तुरुन्त गाडी नियन्त्रणमा लिएर कार्वाही गरिने कनकाई नगरपालिका १ वडाअध्यक्ष रोशन पोखरेलले बताए ।
चर्को ध्वनीका कारण अनलाइन कक्षामा भएका विद्यार्थीहरु तथा विरामीहरुलाई वढी असर पुगेका कारण आफ्नो वार्डमा ध्वनी बजाएर माछा विक्री गर्न रोक लगाइएको वडाअध्यक्ष पोखरेलले बताए ।
उनले भने, ‘माइक बजाएर हल्ला गरेर माछा बेच्न म दिन्न । भेटेको खण्डमा कारबाही गर्छु ।’

आइतबार, २० भदौ, २०७८, दिउँसोको ०१:२३ बजे

सम्बन्धित खवर