परिचय फेरिएको चुलाचुली

चुलाचुली, २० भाद्र / चुलाचुली भन्नेवित्तिकै पहाडी इलाका र हिमाली जिल्लाका बासिन्दाले झापाको दमक र मोरङको मधुमल्लाबाट धाकरमा नुन बोकेर फर्किदा बास बसेको, भोर्लाका पात टिपेको, झल्झली सम्झिन्छन्, र खुइय सुस्केरा मार्दै सुस्ताउछन् र घुमाउँछन् रिङ्….ग दिमाग अतित सम्झिएर । चुलाचुलीको यो पुरानो पहिचान हो ।
इलाम जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित चुलाचुली गाउँपालिका साबिकका चुलाचुली र साकफारा दुई गा.वि.स. मिलाएर बनाइएको र अहिले विकासले गति लिइसकेकाले पुरानो परिचय संस्थागत गर्दै नयाँ परिचय दिइहरको अध्यक्ष प्रदिपचन्द्र राईले बताए ।

जिल्लाको पश्चिम दक्षिणी क्षेत्रमा अवस्थित यस गाउँपालिकाको कूल क्षेत्रफल १०८.४६ वर्ग किलोमिटर रहेको छ, छ वटा वडामा विभाजन गरिएको यस गाउँपालिकाको पूर्वमा माई नगरपालिका,पश्चिमका मोरंग जिल्ला उत्तरमा मांग्सेबुंग गाउँपालिका तथा दक्षिणमा झापा जिल्लासंग सिमाना जोडिएको प्रमुख प्रशाशकीय अधिकृत सुवास श्रेष्ठ बताउँछन् ।
पूर्वपश्चिम राजमार्गसंग कच्ची सडकले जोडिएको यस गाउँपालिकामा पहाडी भूभागका अतिरिक्त केहि समथर भूभाग समेत पर्दछ । यहाँ पर्ने चुरे क्षेत्रमा चुला ढुंगासरी मसिना पहाडहरु उठेकाले तिनकै आधारमा ठाउँको नाम चुलाचुली रहेको हुनसक्छ ।

दक्षिणको मैदानी भागमा उस्ण हावापानी र कृषियोग्य भूमि भएकोलेपहाडी क्षेत्रबाट बसाइ सराइ गरी एक मानिसहरुको बाहुल्यता रहेको क्षेत्र हो साबिकको चुलाचुली । ठुलो क्षेत्र वनजंगलले ढाकिएको भएकाले जिल्लाको काष्ठ उद्योगहरुको राम्रो सम्भावना यस क्षेत्रमा रहेको छ । जिल्लाको कुल जनसंख्याको करिब ७.२ प्रतिशत जनसंख्या बसोबास गर्ने यस क्षेत्रको औसत जनघनत्व १९२ प्रति वर्गकिलोमिटर रहेको छ । सामाजिक वनावट को आधारमा करिव ५५ प्रकारका जातजातिहरु मद्धे ३० प्रतिशत राई र २५ प्रतिशत ब्राम्हणछेत्री तथा बाँकि अन्य जातजाति वसोवास गर्दछन् ।

तराई क्षेत्रसंग जोडिने भएकोले तराई मूलका मानिसहरुको पनि यस क्षेत्रमा उल्लेखनिय वसोवास पाइन्छ ।पछिल्लो समय चुलाचुलीमा विभिन्न पर्यटकीय क्षेत्रको समेत पूर्वाधार विकास भइसकेको छ ।

आइतबार, २० भदौ, २०७८, दिउँसोको ०१:४९ बजे

सम्बन्धित खवर