१९ असोज, काठमाडौं / नेपालीहरुको प्रमुख चाड दशैंको आज मुख्य दिन हो । आजको दिन मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै आशिर्वाद लिइन्छ ।

आर्शिवादसँगै दशैंमा दक्षिणाको रुपमा गच्छे अनुसार रकम खर्च गर्ने प्रचलन छ । राष्ट्र बैंकका अनुसार दशैंको समयमा साना र ठूला दरका गरि ५० अर्ब भन्दा बढीको नोट सर्कुलेसन भएको छ । यसले पनि दशैंमा पैसाको प्रयोग कति हुने गर्छ भन्ने प्रष्ट हुन्छ । जसमध्ये पनि साना दरका मात्रै १३ अर्ब भन्दा बढी नोट साटिएको राष्ट्र बैंकको तथ्यांक छ ।
बैंकको व्यवस्थापकीय नेतृत्व गर्ने बैंकरले भने दशैंलाई कसरी मनाउँछन् र कति दक्षिणा, कसरी दिन्छन् भन्ने आम चासो पनि हुन्छ ।
नेपाल बैंकर्स संघका उपाध्यक्ष समेत रहेका एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीका अनुसार उनले दशैंमा नगद दक्षिणा दिंदैनन् । उनले डिजिटल बैंकिङ सुरु भएदेखि नै नगद रहित कारोबारलाई प्राथमिकतामा राख्दै आएका छन् ।

Facebook Comments Box