श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

दमक, १९ मंसीर/ झापाको दमक नगरपालिका १० की ४९ बर्षीया घनादेबी आचार्यलाई आफ्नै श्रीमान ४५ बर्षीय रामकुमार लिम्बूले कुटपिट गर्दा मृत्यु भएको छ ।
श्रीमानले कुटपिट गर्दा घाईते भएकी घनादेबीलाई बिराटनगरको नोबेल अस्पतामा उपचारको लागि पुर्‍याएकोमा केही समयको उपचार पछि डाक्टरको सल्लाह अनुसार उपचार हुन नसकी घर फर्किने क्रममा मृत्यु भएको थियो ।
कुटपिटमा संलग्न लिम्बूलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

आइतबार, १९ मंसिर, २०७८, रातीको ०९:२६ बजे

सम्बन्धित खवर