सहकारीमा राखेको ५ लाख रुपैयाँ फिर्ता भएन 

दमक / विराटनगरमा केन्द्रिय कार्यालय रही दमकमा कारोबार गर्दै आएको तुलसी बहुमुखी सहकारीको मृद्धती खातामा राखिएको एक जना सर्वसाधारणको नगद ५ लाख रुपैयाँ बचत रकम फिर्ता हुन सकेको छैन ।

सो सहकारीमा ३ बर्षे मुद्धती खातामा दमकको तत्कालिन वडा नं ६ का विर बहादुर श्रेष्ठले आफ्ना नाती सुभान ताम्राकारको नाममा रकम जम्मा गर्नुभएको थियो । २०७३ असोज २ गते जम्मा गरिएको सो रकमको १३।०२ प्रतिशतका दरले हुन आउने ब्याजसहित २०७६ असोज २ गते फिर्ता पाउनुपर्नेमा मुद्धती खाताको अवधी लगभग ८० दिन पार गरेपनि फिर्ता पाउन नसकेको पीडित श्रेष्ठले बताउनु भयो ।

उहाँले वित्तिय कानुनहरुका बारेमा आफू जानकार रहेको बताउँदै अवधी पूरा भएपछि सहकारीले सम्बन्धित खातावालसंग सम्पर्क गरेर जानकारी गराउनु पर्नेमा दुई महिना पछि जाँदा पनि रकम फिर्ता नदिई पुनः ब्याजको प्रलोभन देखाएर फर्काएको बताउनु भयो ।
उहाँले ब्याज दर बढाएर पैसा फिर्ता दिने सो सहकारीका कर्मचारीको आश्वासन नै गलत भएकाले सञ्चार क्षेत्रबाट यस बिषयमा सबैलाई सचेत गराउन आवश्यक ठानेको पनि बताउनु भयो ।

बिहिबार, १९ मंसिर, २०७६, रातीको ०८:१५ बजे

सम्बन्धित खवर