भोली दमकमा कविता तङ्सिङ हुने

 

दमक / दमकमा भोली कविता तङ्सिङ हुने भएको छ । याक्थुम लेखक संघ झापाले आयोजना गर्न लागेको तङ्सिङको सम्पूर्ण तयारी पूरा भएको याक्थुम लेखक संघ झापाका अध्यक्ष मौलश्री लिम्बुले जानकारी दिए । भोली दमक उद्योग वाणिज्य संघको सभाहलमा ११ बजे देखी शो कार्यक्रम आयोजना हुन लागेको हो । लिम्बु कवीहरुद्वारा बिभिन्न बिधाका कविताहरु वाचान गरिने उक्त कविता तङ्सिङमा नेपाली भाषाका २२ र लिम्बु भाषाका १३ कविता प्रस्तुत गरिने आयोजकले जानकारी दिएका छन ।
साहित्यका माध्यम बाट राज्यमा लिम्बु कवीहरुको उपस्थिती जनाउने उद्देश्यले कविता तङ्सिङको आयोजना गरिएको याक्थूम लेखक संघ झापाका अध्यक्ष लिम्बुले जनकारी दिए । कविता तङ्सिङको यो दोश्रो सँस्करण हो । पहिलो सस्करण काठमाडौंमा आयोजना गरिएको थियो । भोलि हुने कविता तङ्सिङको प्रमुख अतिथि प्रदेश न १ का पूर्व प्रदेश प्रमुख गोविन्द तुम्हाङ रहने आयोजकले जनाएको छ ।

शुक्रबार, २३ फागुन, २०७६, दिउँसोको १२:१६ बजे

सम्बन्धित खवर