मेडिकलमा गोली चल्यो

२३ जेठ, सिरहा/ अज्ञात समूहले सिरहाका एक मेडिकल व्यसायीमाथि गोली प्रहार गरेको छ ।

गोली लागि मिर्चेया नगरपालिका वडा नम्बर ५ स्थित सिद्धी मेडिकल हलका सञ्चालक रामसागर साफी घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी हिराबहादुर पाण्डेका अनुसार शनिवार राति पौने ८ बजेतिर पसलमा बसिरहेका ४५ वर्षीय साफीमाथि दुई राउण्ड गोली प्रहार गरेर अज्ञात समूह फरार भएको छ ।

एसपी पाण्डेका अनुसार साफीलाई एउटा गोली हातमा र अर्को तिघ्रामा लागेको छ । शुरूमा उनको मिर्चैयाको स्थानीय अस्पताल उपचारपछि बिराटनगर रेफर गरिएको छ । घाइतेको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आइतबार, २३ जेठ, २०७८, बिहानको ०९:०७ बजे

सम्बन्धित खवर