स्वास्थ्य सुरक्षा सम्बन्धी अध्यादेश जारी

काठमाडौं ,जेठ २३ /   राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी छन् ।
राष्ट्रपति भण्डारीले उक्त अध्यादेश संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा जारी गरेकी हुन् ।

अध्यादेशमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि आक्रमण गर्नेलाई कडा कारवाहीको व्यवस्था गरिएको छ ।

आइतबार, २३ जेठ, २०७८, दिउँसोको ०४:३९ बजे

सम्बन्धित खवर