प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख अहिलेको आवस्यकता : नेता खापुङ

बैकल्पिक खवर

जनता सामजवादी पार्टीका नेता तथा पुर्वमन्त्री पर्शुराम खापुङले जनता बाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख मुलुकका लागि आवस्यकता भएको बताएका छन । जसपाका केन्द्रिय कार्यकारिणी समितीका सदस्य समेत रहेका खापुङले सो कुरा बताएका हुन । खापुङले प्रत्यक्ष कार्यकारी रास्ट्रपति नै मुलुकको निकासका लागि उत्तम विकल्प भएको बताएका हुन ।

आज जसपा १ नम्बर प्रदेश समितिले आयोजना गरेको जुम बैठकलाई सम्बोधन गर्दै खापुङले सरकारका पछिल्ला गतिविधिले नेपाल जस्तो देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखको ब्यबस्था र निर्वाचन प्रणालीमा सुधार आवस्यक रहेको पुष्टि हुँदै गएको बताएका हुन। खापुङले यो प्रणाली रहेसम्म मुलुकले निकास नपाउने बताए छन । खापुङले जनता समाजवादी पार्टीले लिएको बाटो ठिक रहेको बताउदै , नेपालको पछिल्लो घटनाक्रम लाई हेरेर निरास नहुन कर्याकर्ता लाई अनुरोध पनि गरेका छन । साथै खापुङले पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यास पनि जरुरी रहेको बताएका छन । जसपाले लिएको मुद्दा ठिक हुदाहुँदै पनि पार्टीभित्र आम नेता र कार्यकर्ताहरु बिच भावनात्मक सम्बन्ध कमजोर भएकाले समस्या आएको बताए ।

आइतबार, २३ जेठ, २०७८, साँझको ०६:२२ बजे

सम्बन्धित खवर