नगर अस्पतालको टेण्डर बदर नभए नगरपालिकामा तालाबन्दी गर्ने चेतावनी

राप्रपाले बुझायो ध्यानाकर्षण पत्र

–पारस तिम्सिना

बिर्तामोड २३ जेठ । राष्ट्रिय प्रजातन्त्र पाटी बिर्तामोड नगर समितिले आइतवार बिर्तामोड नगरपालिकामा ध्यानाकर्षण पत्र दिएको छ । बिर्तामोड नगर समितिकी अध्यक्ष रन्जु प्याकुरेलले बिर्तामोड नगर अस्पतालको बिषयमा बिमा बापतको औँषधी बितरणको लागी फार्मेसी सञ्चालन गर्न भएको टेण्डरमा अपारदर्शी र भष्ट्र।चार भएको कुरा दिनहु सञ्चार माध्यममा आइरहेको भन्दै यथार्त सुचना पाउने जनताको अधिकार सुनिश्चति गराउन माग गरेकी छन् ।
उनले ध्यानाकर्षण पत्रमा समसामहीक ९ वटा बिषयलाई संबोधन गर्न आग्रह समेत गरेको बताइन् । बिर्तामोड नगरपालीकाले नगर स्वास्थ्य अस्पतालमा औषधी बितरणको लागी चलाइने फार्मेसी सञ्चालन गर्न खोलाईएको टेण्डरको प्रकृया नपुगेको बिषयमा हालसम्म पनी कुनै आधिकारीक धारणा सार्वजनीक नगरेपछी टेण्डरमा सेटिङ्ग रहेको पुष्टी हुदै गएको हो । बिर्तामोड नगरपालिकाले नगर अस्पतालमा सञ्चालन गरीने फर्मेसीको टेण्डर खुलाउदा स्थानीय सञ्चारमाध्यम र नगर अस्पतालको सुचना पाटी, लगायतमा बोलपत्र आवाहनको सुचना प्रकाशन, प्रसारण गर्नुपर्नै भएता पनी आन्तरीक रुपमा सेटिङ्ग गरेर रुपैयाँ पैसाको चलखेल गरेको स्थानीय सरोकारवालाहरुले बताउदै आएका छन् ।
उनीहरुले टेण्डर प्रकृया सच्याएर पारदर्शी ढङ्गले अगाडी बढ्न आग्रह गर्दै २० गते बिज्ञप्ती समेत सार्वजनीक गरेका थिए । टेण्डर प्रकृयासंगत ढङ्गले अगाडी नबढेको हुदाँ रुपैयाँ –पैसाको चलखेल भएको भन्दै स्थानीय सरोकारवालाले उक्त कार्यमा संलग्न ब्यक्तीको पहीचान गरी कालो मोसो र जुत्ताको माला लगाएर बजार परिक्रमा गराउने चेतावनी समेत दिएका थिए । सोही बिषयमा बिर्तामोड नगरपालीकाको वडा नम्बर २ का वडा अध्यक्ष नगेन्द्र संग्रौलाले यथार्त कुरा तुरुन्त सार्वजनीक गर्न माग गरे । उनले सामाजिक सञ्जाल मार्फत यथार्त कुरा सबैलाई जानकारी गराउनुपर्ने बताएका थिए । त्यस्तै राप्रपा बिर्तामोडकी अध्यक्ष रन्जु प्याकुरेलले समाचार सञ्चारमाध्यमबाट प्रसारण हुनासाथ आफ्नो फेसबुक मार्फत सत्य तथ्य सार्वजनीक गर्न माग गरेकी थिइन् । हालसम्म पनी नगरपालिकाले कुनै आधिकारीक धारणा सार्वजनीक नगरेपछी आइतवार ध्यानाकर्षण पत्र पाटीको तर्फबाट दिइएको बुझिन्छ ।
बिर्तामोड नगरपालिकाको ३ नम्बर वडामा पर्ने बिर्तामोड नगर अस्पतालको टेण्डर खुलाईएको बिषयमा बिर्तामोड–३ का वडाअध्यक्ष तथा सोही नगर अस्पताल सञ्चालक समितिका प्रमुख भोजराज सिटौलालाई समेत जानकारी, सुचना नगरीकन टेण्डरको काम भित्र–भित्रै सेटिङ्ग गरीएको बुभिएको छ । सम्बन्धीत नगर अस्पताल सञ्चालक समितिका अध्यक्षलाई नै जानकारी नगराई टेण्डर प्रकृयासंगत भएको भन्ने अधिकृत देवराज कार्कीको भनाई गलत रहेको स्थानीय सरोकारवाला आकास उप्रेतीले बताएका छन् । उनका अनुसार बिर्तामोड नगरपालिकाको स्वास्थ्य साखामा कोभिड–१९ को महामारीसँगै यसवर्ष आर्थीक घोटला अत्याधिक भएको छ ।
फेस सिल लगायतका अन्य स्वास्थ्य सामाग्री खरिदमा मोटो रकम हिनामिना भएको बुझिएको छ– उप्रेतीले भने । सबै कुराको खोजी गर्ने र हिसाब किताब, बिल भरपाई हेर्ने, बुझ्ने अधिकार सबै जनतामा, सरोकारवालाहरुमा रहेकोले आफुहरुले खोज्ने उप्रेतीको भनाई छ ।
बिर्तामोड नगरपालिकामा भएको टेण्डर प्रकृया दुईदिन भित्रमा नसच्याएमा संलग्न ब्यक्तीहरुको पहीचान भइसकेको हुदाँ उनीहरुलाई कालो मोसो दल्ने र जुत्ताको माला लगाएर बजार घुमाउने साथै अनिश्चीतकालका लागी बिर्तामोड नगरपालीकामा तालाबन्दी गर्ने कार्यक्रम रहेको अर्का सरोकारवाला अगुवा कैलास प्रसाइले बताएका छन् ।

ध्यानाकर्षण पत्र = 

 

आइतबार, २३ जेठ, २०७८, रातीको ०९:११ बजे

सम्बन्धित खवर