दमक/ लायन्स क्लव अफ दमक इष्टर्न लाइन र लायन्स क्लव अफ दमक ग्रिन सिटीले संयुक्त रुपमा आयोजना गरेको १०० दिने निशुल्क सुगर जाँच गरेको विवरण सार्वजनिक गरेको छ । जसमा २०३९ जनाको चेक जाँच गरिएकोमा ५७० जना सुगरका पुराना विरामी र ४२ जना नयाँ विरामी भेटिएको तथ्यांक सार्वजनिक गरेको छ । विहिवार दमकस्थित संगम स्वीट्समा आयोजित पत्रकार सम्मेलनमा लायन्सले यस्तो विवरण सार्वजनिक गरेको हो । लायन्स विमल शर्माको सभापतिन्वमा आयोजित पत्रकार सम्मेलनमा लायन्स नेता अजय अग्रवालले लायन्सकर्मीहरुले सय दिनको निशुल्क सुगर जाँच गरेकोमा बधाइ तथा शुभकामना दिएका थिए । कार्यक्रममा सुगर रोगीहरु धेरैजसो ३० देखि ७० वर्ष उमेरका रहेको जानकारी गराइएको छ ।
