छुट्टै दल दर्ताको तयारी

बैकल्पिक खवर

जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट निष्कासित महन्थ ठाकुर समूहले जसपामा नबस्ने तर छुट्टै दल दर्ता गर्ने जनाउ दिएको छ ।
मंगलबार निर्वाचन आयोगमा भएको छलफलमा ठकुर समूहले जसपामा नरहने भन्दै अलग हुने धारणा राखेका बताइएको छ । ठाकुरलागयत उनी पक्षका नेताहरुले एकै पार्टीमा रहन नसकिने भन्दै आ–आफ्नो बाटो लाग्न उपयुक्त हुने धारणा राखेका थिए ।
निर्वाचन आयोगले ठाकुर समूहलाई जसपामै मिलेर जान आग्रह गरे पनि उनीहरुले सो आग्रह नमानेको आयोगले जनाएको छ ।
जसपाबाट निष्कासित ठाकुर समूहले उल्टै जसपामा आफूहरुको दावी रहने भन्दै जिकिर गरेपछि आयोगले उनीहरुलाई दल दर्तासम्बन्धी ऐनअनुसार दावी लिएर आउन भनेको छ ।
आयोग स्रोत भन्छ –‘एकताका लागि सहमत हुन भएन । तर फुट्नका लागि सहमत हुनुभयो । अब दुबै पक्षले आधिकारिकताका लागि दावी पेश गर्ने सहमति भएको छ ।’
आयोगले जसपा विवाद समाधानका लागि बुधबार इजलास गठन गर्ने र दुबै पक्षले दल दर्तासम्बन्धी ऐन बमोजिम दावी पेश गर्ने सहमति जुटेको आयोग स्रोतको भनाइ छ ।
बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवसहित मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए भने जसपाबाट निष्कासित महन्थ ठाकुर समूहका ठाकुरसहित लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, उमाशंकर अरगरिया, सुरेन्द्र झा लगायत सहभागी थिए ।

मङ्गलबार, २२ असार, २०७८, साँझको ०६:२९ बजे

सम्बन्धित खवर