ओखलढुङ्गा / गर्मी बढेसँगै पकली झरनाको अवलोकनसँगै मज्जा लिनेहरु पनि बढ्न थालेका छन् । साउन अन्तिमदेखि कात्तिकसम्म पोकली झरना अवलोकन गर्न सकिन्छ।

सरकारले तयार पारेको नेपालको १०० गन्तव्य सूचीमा रहेको पोकली झरना लिखु गाउँपालिका–९ मा रहेको छ। नेपाल कै दोस्रो अग्लो झरना पोकलीको १३३ मिटर लामो छ। पोकली झरनाले लेती र वाच्पु गाउँलाई छुट्याएको छ। प्रकृतिसँग रमाउनेहरु पोकली झरनामा पुग्ने गरेका छन्।

पर्यटकीय गन्तव्य पोकली ओखलढुंगाको दुर्गम ठाउँ भए पनि काठमाडौंबाट एक दिनमा पुग्न सकिन्छ। काठमाडौंदेखि सिन्धुलीको खुर्कोट हुँदै रामेछापको मन्थली पुगेपछि पोकली जाने दुईवटा बाटो रहेका छन्।

मन्थलीबाट रामेछापकै लिखु तामाकोशी गाउँपालिकाको केन्द्र धोवी बजारमा पुगेपछि पोकली झरना देख्न सकिन्छ। धोबी बजारबाट एक घन्टाको यात्रापछि सिरिसे बजार हुँदै पोकली झरना पुग्न सकिन्छ।

Facebook Comments Box