को ठूलो- पार्टी फुटपछि  प्रतिनिधि सभा र राष्ट्रिय सभामा दलको स्थिति

दमक,२१ भदौ /  दुई राजनीतिक दल फुटेसँगै अब प्रतिनिधि सभामा एक स्वतन्त्र सांसद सहित ९ राजनीतिक दल भएका छन् । यता राष्ट्रिय सभामा १ स्वतन्त्र सांसदसहित ६ दल अस्तित्वमा आएका छन् ।

दुईवटा राजनीतिक दल विभाजन भएपछि पनि सङ्घीय संसद्का दुबै सदनमा नेकपा एमाले प्रमुख दल बनेको छ । एमाले ९८ सिट, कांग्रेस ६३ सिट, माओवादी केन्द्र ४९, नेकपा एकीकृत समाजवादीका २३, जनता समाजवादीका २०, लोकतान्त्रिक समाजवादीका १४, जनमोर्चाका १, राप्रपाका १, नेमकिपाका १ र स्वतन्त्रका १ गरी २ सय ७१ सांसद रहेका रहेका छन् । प्रतिनिधि सभाका २७५ सांसद सङ्ख्या मध्ये ४ जना माओवादी केन्द्रबाट कारबाहीमा परेपछि खाली बनेको छ ।

यता राष्ट्रिय सभातर्फ एमालेका २६ सांसद रहेका छन् भने माओवादी केन्द्र १५, काँग्रेसका ७, एकीकृत समाजवादीका ७, जसपाका २, लोकतान्त्रिक समाजवादीका १ र स्वतन्त्र १ गरी ५९ सांसद रहेका छन् । स्वतन्त्र रहेका सांसद खिमलाल देवकोटा माधव नेपाल पक्षमा रहेका छन् ।

सोमबार, २१ भदौ, २०७८, बिहानको ०७:४२ बजे

सम्बन्धित खवर