बालक अपहरण गर्ने एकजना पक्राउ

दमक, २० असोज/ बालक अपहरण गरेको आरोपमा प्रहरीले प्रहरीले एक जना भारतीय नागरिकलाई विराटनगरबाट पक्राउ गरेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार एक बालकलाई अपहरण गरेर भारत लैजान लागेको खुलेपछि भारत अररियाका ४० वर्षीय राजु मण्डलाई पक्राउ गरिएको हो ।
विराटनगर महानगरपालिका–८ अशोक चोकका १२ वर्षीय एक बालकलाई अपहरण गरेर भारततिर लैजाँदै गरेको भनेर मण्डलविरुद्ध किटानी जाहेरी परेको प्रहरीले जनाएको पीडित बालकका बाबु ३५ वर्षीय श्याम शर्माले मण्डलविरुद्ध जाहेरी दिएका हुन् ।
प्रहरीले मण्डलविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउनलाई अनुसन्धान अघि बढाएको छ । बालकलाई अपहरण गर्नुको कारण खुल्न नसकेको र घटनाको थप अनुसन्धान भइहरेको प्रहरीले जनाएको छ । श्याम घरनजिकैको फर्निचरमा काम गर्ने काठ मिस्त्री हुन् । फर्निचरमा काम गरिरहेका बुवालाई चिया पु¥याएर घर फर्कने क्रममा गत शुक्रबार साँझ ५ बजेतिर बालक हराएपछि प्रहरीमा उजुरी परेको थियो ।
प्रहरीका अनुसार अभिभावकले खोजी गर्दै जाँदा भारततिर लैजाँदै गरेको अवस्थामा मध्यरातमा बालकलाई फेला पारिएको थियो । अभिभावकले भेट्टाउँदा उनी अर्धचेत अवस्थामा रहेको बताइएको छ । मण्डल बालकसँगै थिए ।
अभिभावकले बालकलाई घर ल्याउन खोज्दा मण्डलले आफ्नो भान्जा भएकाले लैजान नदिने भनेर अवरोध गरेको प्रहरीले जनाएको छ । त्यसपछि मण्डललाई प्रहरीको जिम्मा लगाएर अभिभावकले रोहितलाई फर्काएर ल्याएका थिए । अझैसम्म बालक त्रसित अवस्थामा रहेको र कोही नयाँ मान्छे देख्नसाथ डराउने एवं आत्तिने गरिरहेको परिवारले जनाएको छ ।

बुधबार, २० असोज, २०७८, साँझको ०५:१० बजे

सम्बन्धित खवर